ऐंसेलु खाने? Would like to test Ainselu?-Rameshwar Singh Pande
रामेश्वर सिंह पाण्डे
ऐंसेलुलाई अङ्ग्रेजीमा वाइल्ड वा एल्लो हिमालयन रास्पवेरी (Wild/Yellow
Himalayan Raspberry) भनिन्छ । यस्को वैज्ञानिक नाम (Rubus ellipticus) हो । ऐंसेलु काठमाडौ लगायत नेपालको ७०० देखि २००० मिटरसम्मको उँचाईमा पाइन्छ । ऐंसेलु जङ्गली प्रजातीको मध्यम आकारको बहुवर्षिय झाडी आकारको बिरुवा हो, बाटो छेउछाउ, रुखो बारी तथा नदी किनाराहरूमा प्राकृतिक रूपमा उम्रन्छ । यसका फलहरू बसन्त ऋतुमा पाक्छ । फल देख्दा पहेंलो र खाउँ खाउँ लाग्ने हुन्छ । ऐंसेलुको बोटमा ससाना काँढाहरू हुने भएकोले फल टिप्न केही गारो हुन्छ । काँढा भएकोले यसलाई जनावरहरूले चरेर हानी नोक्सानी पु¥याउन सक्दैनन् तर बढ्दो आवादी र खेतीको बिस्तार सँगै ऐंसेलुका झाडीहरू पनि मासिदै छन् ।
पाकेको ऐंसेलुलाई ताजा खान, रस निकाल्न, सुकाएर वा वाइन बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
पाकेको ऐंसेलु केही अमिलो अमिलो विशिष्ट स्वादको हुन्छ, यसमा प्रशस्तमात्रामा पोषकतत्व तथा भिटामिनहरू पाइन्छन् । ऐंसेलुहरू रातो, नीलो, कालो आदि प्रजातीका पनि हुन्छन्, रुस, पोल्यान्ड, अमेरिका,क्यानाडामा यस्को खेती पनि गरिन्छ तर नेपालमा कसलाई के को मतलव?
(हाम्रो घर छेउको ढिस्कोमा केही वर्ष देखि ऐसेलुको झङ्ग फस्टाइ रहेको छ । अचेल ऐंसेलु पाक्ने मौसम भएकोले केटाकेटीबुढाबुढी सबैको लाम लाग्छन् । तपाईलाई पनि स्वागत छ)
२०७१ वैशाख २६ शुक्रबार
Like to test Ainselu?
Rameshwar Singh Pande
The common name of Ainselu is Wild/Yellow Himalayan Raspberry and
the scientific name is Rubus ellipticus. It is grown wild in
between 700-2000 m altitude in Nepal. Ainselu is a busy plant and quite common
in barren-land, road and riversides. Generally the fruits ripen during spring.
It bears thrones which protects from stray browsing animals in the mean time
impose difficulties to collect fruits as well.
The ripened fruit is delicious in test with acidic flavor, can be
consumed fresh, juice or dried fruits, could be used for wide making as well.
The fruits are rich in vitamins and other nutrients. The raspberries are
cultivated in Russia, Poland, America, Canada and other countries but who cares in Nepal?
(An
ainselu bush is flourishing in our neighborhoods.We witness a long queue whole
the day. We are more than happy to welcome you, if you wish to test?)
No comments:
Post a Comment