फेसबुक साथी हो,
बङ्गुरपालन व्यवसायसम्बन्धी केही जानकारी
माग गरिएकोले अब व्यावसायिक बङ्गुरपालनसम्बन्धी पनि केही जानकारी दिने जमर्को गरेको
छुँ ।
facebook.com/krishipatrika
बङ्गुर पालनः १ व्यावसायिक बङ्गुरपालन किन?
रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१
1. व्यावसायिक बङ्गुरपालनको आवश्यकता?
बङ्गुरको मासुलाई पोर्क भनिन्छ । विश्व खाद्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी बङ्गुरको मासु उत्पादन तथा खपत हुने गर्दछ । हाल विश्वमा कुल ३० करोड मेट्रिक टन मासु उत्पादन (बङ्गुर, खसी, भेडा, गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड मेट्रिक टन मासु उत्पादन हुन्छ । सोही अध्ययन अनुसार विश्वमा प्रति व्यक्ति मासुको खपत ४२.५ किलो प्रति वर्ष रहेको छ र कुल मासुको खपतमा बङ्गुरको मासु ३७ किलो प्रति व्यक्ति प्रति वर्षरहेको छ । मासुको रूपमा बङ्गुरको प्राय सबैजसो अङ्गहरूको परिकार बनाएर खाइन्छ । बङ्गुरको मासुबाट बनाइने विभिन्न परिकारहरूमा ससेज, ब्याकन, ह्याम आदि बनाइन्छ । बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकोले मासु एक सन्तुलित आहारा हो । मासुमा १८ देखि २५ प्रतिशत सम्म प्रोटिन पाइन्छ । बङ्गुरमा अरू सबै पशुहरूभन्दा मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) बढी मात्रा पाइन्छ । यिनीहरूमा जीवित तौलको ७५–८० प्रतिशतसम्म मासु प्राप्त हुन्छ । साधारणतया बँगुरमा ३७–३९ प्रतिशत रातो मासु (लिन कट्स) पाइन्छ । र मासुमा १७–२१ प्रतिशतसम्म बोसो पाइन्छ । कृषि मन्त्रालयको लथ्याङ्क अनुसार बङ्गुरबाट १६,९९२ मे.टन मासु उत्पादन भएको अनुमान छ । भैगौलिक क्षेत्र अनुसार हिमालमा ७.४ प्रतिशत, पहाडमा ५७.६ प्रतिशत र तराईमा ३४.९ प्रतिशत बङ्गुरको मासु उत्पादन भएको छ ।
नेपालमा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्यसुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको छ । पाल्तु पशुहरू मध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिन्छ । बङ्गुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकि बङ्गुर पालन व्यवसायबाट लगानी गरेको प्रतिफल को ६० प्रतिशत सम्म पाइएको छ ।
विश्वमा बङ्गुर पालनका विभिन्न प्रणाली अन्तरगत एउटा किसानले एक÷दुई वटा बङ्गुर पनि पाल्दै आएका छन् र ठूलो लगानी गरेर एउटै व्यवसायीले पचासौं लाख बङ्गुर एउटै फार्ममा पनि पाल्ने गरेका छन् ।
2. व्यावसायिक बङ्गुरपालनबाट निम्न फायदाहरू हुन्छन्ः
·
बङ्गुरहरूमा कमसलखालका आहारा खाएर त्यसलाई मासुमा परिणत गर्नसक्ने क्षमता अन्य पशुको दाँजोमा बढी हुन्छ, त्यसैले मासुका लागि बङ्गुर पालन व्यवसाय अति लाभकारी हुन्छ ।
·
बङ्गुरहरूमा प्रजनन क्षमता अत्यधिक मात्रामा हुन्छ एकै पटक १०–१२ पाठापाठी जन्माउन सक्छन् र वर्षमा दुईपटकसम्म ब्याउँदछने ।
·
बङ्गुरपालन व्यवसाय गर्न थोरै लगानी र सानो ठाउँ चाहिन्छ तथा बङ्गुरपालन व्यवसायबाट छोटो समयमा मुनाफा लिन सकिन्छ ।
·
बङ्गुरमा खानेयोग्य मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) अन्य पशुहरूको दाँजोमा बढी (६०–८० प्रतिशत) हुन्छ । बङ्गुरको कुनै पनि अङ्ग खेर जान्न, मासुको रूपमा सबै भाग खाइन्छ ।
·
बङ्गुरको मासु पौष्टिक, बढी बोसो तथा कम पानी भएको र बढी शक्ति (इनर्जी) दिने खालका हुन्छन् । बङ्गुरको मासुमा थायमिन, पनयासिन तथा रबोफ्लाबिन जस्ता भिटामिनहरू बढीमात्रामा पाइन्छन् ।
·
बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ ।
·
बङ्गुरको बोसो (फ्याट) कुखुराको दाना, साबुन उद्योग, रङ्ग रोगन उद्योगमा उपयोगी हुन्छ, त्यस्तै रौंबाट ब्रस आदि बनाइन्छ ।
·
बङ्गुरको मासुबाट बनाइएका पोर्क, ब्याकन, ह्याम, ससेज आदिको माग स्वदेशी तथा विदेशी बजारमा प्रशस्त भएकोले निर्यातजन्य उद्योगको रूपमा बङ्गुर पालन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
·
बङ्गुरपालनलाई एकीकृत रूपमा मत्स÷हाँस पालन र तरकारी खेतीसँग आवद्ध गरेर बढी लाभ लिन सकिन्छ ।
·
बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ । एउटा वयस्क बङ्गुरले औसतमा ६०० देखि ७५० किलो प्रति वर्ष मल दिन्छ ।
·
बङ्गुरहरू हेर्दा राम्रो, ज्ञानी तथा समझदार मानिन्छन् र विकसित मुलुकमा कुकुर÷बिरालो झैं घरमा शौखका लागि पालिन्छन् ।
3 बङ्गुरपालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?
व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिसेबढी मुनाफा कमाउनु रहेको हुन्छ । यस व्यावसायिक उद्देश्य प्राप्तकिालागि मुख्य रणनीतिहरूमा
·
वर्षेनी माउ पिच्छे बढीसेबढी स्वस्थ्य पाठापाठी उत्पादन गर्नु,
·
न्यूनतम मूल्यमा पोषक तथा स्वास्थ्यकर दाना तथा आहाराको व्यवस्थापन गर्नु,
·
उचित व्यवस्थपन प्रविधि अपनाएर उत्पादन लागत घटाई बढी मुनाफा आर्जन गर्नु ।
बजारको माग अनुसार निम्न किसिमको बङ्गुरपालन व्यवसाय अपनाउन सकिन्छः
·
माउ बङ्गुर पालेर पाठापाठी जन्माउने, हुर्काउने र मासुको लागि बिक्री गर्नेः यस व्यवसायमा केही माउ (भाले÷पोथी) पालेर आफ्नै फार्ममा पाठापाठी जन्माउने र ती पाठापाठीहरूलाई ८–१० महिना पालेर मासुको लागि बिक्री गर्ने । यस व्यवसायमा बजारको माग अनुसार दूध छुटाएका पाठापाठी, कोरली पाठी वा माउ पनि बिक्री पनि गरिन्छ ।
·
बङ्गुरका पाठापाठीमात्र बिक्री गर्नेः यस व्यवसायमा उन्नत जातका केही माउ (भुनी र वीर) पालिन्छन् । शुद्ध जातका वा क्रस पाठापाठीहरू उत्पादन गरेर बङ्गुर पाल्ने कृषकहरूलार्य बिक्री गरिन्छ । यस्तो व्यवसाय गर्न ब्रिडिङ्ग सम्बन्धी केही प्राविधिक ज्ञानको आवश्यकता तथा शिप चाहिन्छ ।
·
बङ्गुरका भुनी तथा वीर पालेर हुर्किएको पाठापाठी बिक्री गर्ने (पाठापाठी दूध छुटाएर बिक्री गर्ने)
·
बङ्गुरका हुर्किएका पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने (हुर्किएको पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने)
·
अरग्यानिक बड्गुर उत्पादनः प्राकृतिक रूपमा उपलब्ध कुनै पनि प्रकारको रासायनिक आहारा नखुआइकन र कुनै प्रकारको रासायनिकयुक्त औषधी उपचार नगरिकन उत्पादित बड्गुरपालन प्रविधिलाई अरग्यानिक बड्गुर उत्पादन व्यवसाय भनिन्छ । हाल अरग्यानिक रूपमा उत्पादित बड्गुरको मासुको बजार देशभित्र र निर्यातका लागि पनि फैलदैगएको छ ।
4 बङ्गुरपालन व्यवसाय शुरु गर्नु अगावै गर्नु पर्ने कामहरू
व्यावसायिक बङ्गुरपालन योजना बनाउनु अगावै निम्न जानकारीहरूमा सङ्कलन गर्नु पर्दछः
·
बङ्गुरविकास सम्बन्धी सरकारी नितीबारे जानकारीः बङ्गुरपालन विकास तथा अध्ययन÷अनुसन्धान कृषि विकास मन्त्रालय अन्तरगत पशुसेवा विभाग हो । त्यस्तै बङ्गुरसम्बन्धी अध्ययन ÷अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिआएको छ । सरकारी स्तरबाट बङ्गुरको विकास सम्बन्धी के कस्ता कार्यक्रमहरू उपलब्ध छन् र सरकारी स्तरबाट प्रविधिक÷आर्थिक सहयोग के के उपलब्ध गराइएको छ सो बारे विस्तृत जानकारी लिनुपर्छ ।
·
आफ्नो क्षेत्रमा भएको निजी बङ्गुर फार्मको भ्रमणः आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको सानाठूला बङ्गुर पालक कृषक÷व्यवसाथीको फार्म भ्रमण गरी व्यवहारिक पक्षमा विस्तृत छलफल गर्ने ।
·
बङ्गुरको दाना उत्पादक तथा बजार सम्बन्धी अध्ययन भ्रमणः आफ्नो क्षेत्रमा भएको बङ्गुरको दाना उत्पादक फ्याक्ट्रि÷उद्योगको भ्रमण गरी दाना उत्पादन, बिक्री व्यवस्था, मूल्य, ढुवानकिो अवस्थाआदिबारे विस्तृत जानकारी लिने ।
·
बङ्गुरको रोग तथा उचारका लागि पशुस्वास्थ्य केन्द्रबारे जानकारीः बङ्गुरमा के कस्ता रोव्याधीहरू आफ्नो क्षेत्रमा लाग्नेगर्दछन्? उपचारका लागि पशु चिकित्सक, पशु अस्पतालको सुविधा के कस्तो छ सो को अवस्था बारे विस्तृत जानकारी लिने ।
·
बङ्गुरको बजार, प्रशोधनशाला आदि बारे जानकारीः उत्पादित बङ्गुरलाई बिक्री गर्न बजारको व्यवस्था, मासु प्रशोधनशाला, निकासीका लागि के कस्ता प्रावधानहरू छन् सो को विस्तृत जानकारी लिने ।
(रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१)
No comments:
Post a Comment