Monday, 2 September 2013

Scope of Deer Farming in Nepal (By- Rameshwar Singh Pande)/ नेपालमा मृगपालन को सम्भावना,

नेपालमा  मृगपालन को सम्भावना
रामेश्वर सिंह पाण्डे,
Scope of Deer Farming in Nepal (By- Rameshwar Singh Pande)

विकसित मुलुकहरू जस्तै न्युजिल्यान्ड, अष्ट्रेलिया, स्कटल्याण्ड, अमेरिका, क्यानाडा आदिमा मृगपालन व्यवसाय धेरै पहिले देखि नै गरिआइएको पाइन्छ मृगलाई मासु भेनेसन -Venesion_, सिंग एन्टलर -Antler/Velvet_ छालाको लागि पालिन्छ मृगको मासु निकै स्वादिलो तथा प्रोटिनयुक्त भएकोले सबैले रुचाउंछन् भनें कोरिया, जापान, चीन, ताइवान आदि देशमा मृगको कलिलो सिंगलाई पिसेर त्यसको सुप बनाएर खाइन्छ, जुन अति शक्तिवर्धक मानिन्छ
मृगः  सरभिडी -Cervidae_  परिवारका सदस्य हुन् यस परिवार अन्तगर विभित्र जातका मृगहरू हुन्छन् साधारण मृगको वैज्ञानिक नाम सरभस इल्याफस वा सरभस क्यानाडेन्सिस (Cervus elaphus/C. canadensis) हो नेपालमा पाइने मृग जातीहरूमा चित्तल (Spotted deer: Cervus elaphus), जरायो (Samber), लगुना (Hog deer), रतुवा (Barking deer), बाह्सिङ्गे (Swamp deer), तराई तथा पहाडी क्षेत्रहरूमा पाइन्छन् भनें कस्तुरी मृग (Musk deer: Moschus moschiferus) हिमाली क्षेत्रमा पाइन्छ

चित्तलको जीवित तौल १०० किलो, जरायो, लगुनाको ५० किलो, रतुवाको २० किलो  बाह्सिंङ्गेको ४००५०० किलो हुन्छ भनें कस्तुरी मृग २० किलो सम्म तौलको हुन्छ यस जातीका भाले स्टाग (Stag) हरूमा प्रायः सिङ्ग -Antler_ पाइन्छ तर कस्तुरीको भालेमा सिङ्ग  हुन्न   जरायो तथा बाह्सिँगे जातको मृगको सिँग निकै लामलामा तथा आकर्षक हुन्छन् यिनीहरूका सिङ्ग वर्षै पिच्छे झर्ने उम्रने गर्दछन्
यिनीहरू स्थानीय रूपमा पाइने घाँसपात खाएर हुर्कन्छन् शरदमा श्रृतुमा यिनीहरू भाले खोज्दछन् गर्भकाल करिब २३० दिनको हुन्छ बसन्त श्रृतुमा भालेमा नयां सिङ्ग पल्हाउन सुरु गर्दछ गृष्मकालमा बच्चा जन्माउँछन् न्युजिल्याण्डमा मृगलाई अग्लो तारबार गरेको खुला घाँसे मैदान भित्र थुनेर पालिन्छ
नेपालमा पनि मृगपालनको प्रशस्त सम्भावना भएतापनि व्यवहारमा कसैले गरेको पाइन्न हाल नेपालमा सामुदायिक बन कार्यक्रम निकै सफल रहेको नेपालका करिब १५ लाख हेक्टर बन करिब १५ हजार समूहको व्यवस्थापनमा भएकोले यस्ता सामुदायिक बनमा मृगपालनको निकै सफल हुन सक्ने सम्भावना रहेको  

साभारः कृषि पत्रिका, वर्षः अड्ढः कृषि पत्रिका ( २०६५ साल, वैशाख १५ (

Rameshwar Singh Pande, Krishi Patrika, Issue 9; 13 -27 April, 2008)

No comments:

Post a Comment