Thursday, 4 July 2019

Contact for proposal, strategies on feeding management, training agroforestry, and other inputs

Contact for proposal, strategies on feeding management, training agroforestry, and other inputs
Dear Commercial Livestock producers,
We are all well aware that feeding cost shares about 65-70% in most of the livestock production enterprises. Reducing feeding cost without affecting individual production the potentiality of the animal is the basis of increased profitability in commercial livestock production enterprises. No matter whether the livestock are ruminants (cattle, buffaloes, goat, sheep, Yak/Chauri) and non-ruminant graziers (rabbit, horse, elephant) including fishes and poultry birds prefer and perform much better when fed with nutritious green fodder.
But the technologies and inputs are inadequate on forage-based livestock production among the commercial livestock producers. We are a group of professionals providing in-depth knowledge, skill, and technologies s on forage-based livestock production practices.
Please contact us for proposal preparation, strategies on feeding management development, group training and meeting nursery establishment, agroforestry block development and all other inputs related to fodder, pastures, rangeland interventions.  

कृषि पत्रिका÷Krishi Patrika,
9808456488
krishipatrika@ gmail.com
 प्रपोजल, घाँसमा आधारित पशु आहारा व्यवस्थापन, तालिम÷छलफल, कृषि बन विकास र अन्य सहयोगका लागि सम्पर्क



प्रिय व्यावसायिक पशु उत्पादक उद्यमीहरू
हामीलाई अवगत भएकै हो पशु उत्पादन व्यवसायमा कुल लागतको ६५–७० प्रतिशत खर्च पशु आहारामा हुने गर्दछ । पशुहरूको उत्पादन क्षमतामा ह्रास आउन नदिई आहारामा हुने खर्चको बचतको गर्नु नै पशुपालन व्यवसायबाट हुने मुनाफाको मुख्य आधार हो । हामीले पालिआएका उग्य्राउने पशु (गाई,भैंसी, बाख्रा, भेंडा, याक÷चौंरी) र नउग्य्राउने घाँस खाने पशुहरू (खरायो, घोडा, हात्ती) का साथै माछा र कुखुरा प्रजातीका चराहरूलाई पोषिलो, हरियो घाँस मन पराएर खान्छन् र उत्पादन पनि बढी दिन्छन् । 
तर पशुजन्य उत्पादनमा सङ्लग्न उद्यमीहरूमा आवश्यक मात्रामा उचित प्रविधि तथा आवश्यक सामाग्रीहरूसम्म पहुंच छैन । यस्तो अवस्थामा हामी विषय विज्ञहरूको एक समूहले घाँसेबालीमा आधारित पशुपालन व्यवसायको विकासका लागि समष्टिगत ज्ञान, शीप र उचित प्रविधि प्रदान गर्दछौं ।
यसर्थ व्यावसायिक पशुपालन सम्बन्धि प्रपोजल बनाउन, घाँसमा आधारित पशु आहारा व्यवस्थापनका रणनीति तयार गर्न, तालिम÷छलफल, कृषि बन विकास र अन्य सहयोगका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
कृषि पत्रिका
९८०८४५६४८८
krishipatrika@ gmail.com

दुग्ध उत्पादन व्यवसायलाई नाफामूलक र बजार प्रतिस्पर्धी कसरी बनाउने ?

दुग्ध उत्पादन व्यवसायलाई नाफामूलक र बजार प्रतिस्पर्धी कसरी बनाउने ?
रामेश्वर सिंह पाण्डे
पशु /फरेज विज्ञ,
कृषि पत्रिका Krishi Patrika, Nepal
Ji. Pra.Ka.Kath. Darta No. 260/2064/065).
नेपालमा व्यावसायिक गाईपालन व्यवसाय फस्टाइ रहेको छ तर अपवादमा केही गाई फार्महरू बाहेक धेरैजसो जेनतेन व्यवसाय धानीमात्र रहेका छन्, जसको मुख्य कारण बढदो उत्पादन लागत नै हो । गाईको मुख्य उत्पादन भनेको दूध हो । अन्य उत्पादन जस्तै बाछो/गोरु, गोबर/मूत्र, हाड/छाला आदि आर्थिक रूपले त्यति प्रभावकारी मानिन्नन् । दूध उत्पादनमा लाग्ने खर्च र सो बिक्रीबाट आउने आयको सन्तुलन नमिलेको कारण उन्नत गाईपालन व्यवसाय नाफामूलक तथा बजार प्रतिस्पर्धी हुन सकिरहेको छैन ।
गाईपालन व्यवसायमा दूध उत्पादन लागतको करिब ६५–७० प्रतिशत खर्च आहारा मै हुने गर्छ । गाईको दैनिक दूध उत्पादन क्षमतामा कुनै ह््रास हुन नदिई आहारामा लाग्ने खर्चको बचत गर्न सकिएमा दूध उत्पादन व्यवसायलाई नाफामुखी बनाउन सकिन्छ । उत्पादन लागत घटाउने किफायती र दीगो उपाय नै पोषिलो घाँसेबालीमा आधारित दुग्ध उत्पादन व्यवसाय अपनाउनु हो ।
धेरै जसो व्यावसायिक दुग्ध उत्पादन फार्महरूमा दुधालू गाईभैंसीहरूलाई पराल र दानाको रूपमा ढुटो, चोकर, मकैको पीठो, पीना आदि खुआएर पाल्ने गरिन्छ । यी आहारा न त दुधालु पशुहरूका लागि सन्तुलित हुन्छन् न त मूल्यको हिसावमा किफायती नै । त्यसमा पनि दूधको बजार मूल्य स्थीर रहने तर पशुआहारा र दानाको मूल्य वर्षेनी बढिरहने भएकोले दुग्ध उत्पादन व्यवसाय आर्थिक रूपमा ठूलो संकटको सामना गरिरहेको छ ।
नेपालमा दूधका लागि विशेषतः गाईमा जर्सी र होल्स्टन र मुर्रा जातको भैंसीपालन गरिन्छ । यी दुधालु पशुको औसत शारीरिक तौल ४०० किलो हुन्छ (अपवादको रूपमा कुनै कुनै होल्स्टन गाई वा मुर्रा भैंसी ५००–६०० किलोसम्मका हुन्छन्) । औसत यी दुधालु गाईले सरदर एक दिनमा १० लिटर दूध र वर्षभरिमा ३००० लिटर दूध दिन्छन् ( केही गाई वा भैंसीले सो भन्दा बढी पनि दूध दिने गर्छन् विकसित देशका उन्नत जातका गाईले दिनको १०० लिटर र भैंसीले ३२ लिटर दूधसम्म दिएका छन्) ।
धेरै जसो गाईभैंसीहरूले आफ्नो शारीरिक तौलको २.५ प्रतिशत (बढीमा ४.५% सम्म) सुखा पदार्थ (DM) आहाराको रूपमा खान्छन् । अर्थात एउटा ४०० किलो वजनको दुधालु पशुलाई दैनिक १० किलो सुखा आहारा चाहिन्छ (सुखा आहारा भन्नाले पानीको मात्रा हटाएर त्यस आहारामा पाइने खाद्यतत्वलाई बुझाउँछ) । यसका लागि एउटा गाईलाई एक दिनमा औसत पराल ६ किलो, दाना वा चोकर ६ किलो र हरियो घाँस वा स्याउला करिब ६ किलो गरी करिब १८ किलो आहारा दैनिक रूपमा खुआइने गरिन्छ । जसको अनुपात, सुखा पदार्थको आधारमा ५०: ४८: २: प्रतिशत रहेको छ । यसरी १८ किलो पराल, चोकर, र घाँस मिसाएर खुआउँदा त्यसमा भएको पानीको मात्रा हटाएमा जम्मा १० किलो सुखा पदार्थको आपुत्र्ती हुनेगर्छ । यस्तो आहारा एक उन्नत जातको दैनिक १० लिटर दूध दिने गाई वा भैंसीका लागि राम्रो खुराकी हो तर मूल्यको हिसाबमा यो आहारा किफायती होइन । उदाहरणका लागि चलन चल्तीको मूल्य अनुसार पराल प्रति किलो रु २०/–, दाना/चोकर प्रति किलो रु ४५/र हरियो घाँस प्रति किलो रु ३/का दरले हिसाब गर्दा एउटा औसत दस लिटर/दिन दूध दिने गाईलाई खानापान, आहारामा मात्र प्रति दिन रु ४०८/खर्च हुन्छ, अर्थात दूधको औसत आहाराको लागत रु ४०.८०/प्रति लिटर पर्न जान्छ । जबकि औसत दूधको बिक्री मूल्य रु ४५– ५०/प्रति लिटर पाइने भएको हुँदा , आहारामा मात्र दूध उत्पादन लागतको ८२–९० प्रतिशत पर्न गइरहेको देखिन्छ । अन्य खर्च जस्तै श्रम, औषधिउपचार, कृत्रिम गर्भाधान, भाडा, व्याज, बिजुली, आदि जोड्दा दूध उत्पादन व्यवसायबाट त्यति नाफा भएको देखिन्न ।
पोषिलो जातका घाँस पौष्टिकताको दृषिकोणले दाना भन्दा उत्तम र लागतको हिसाबमा अति कम हुन्छ त्यसर्थ दुधालु चौपायाहरूका लागि सबैभन्दा असल, पौष्टिक र प्राकृतिक आहारा पोषिलो हरियो घाँसपात नै हो । पशुहरूको दानामा औसत १४ प्रतिशत प्रोटिन पाइने र मूल्य करिब रु ४५/किलो पर्न जान्छ जबकि दानाको साटो कोसे जातका हरियो पोषिलो घाँस खुआएमा २२ प्रतिशतसम्म प्रोटिन र मूल्य रु १५÷किलोमात्र पर्ने हुन्छ (५ किलो हरियो घाँस बराबर १ किलो सुखा पदार्थ)। यसरी दानाको साटो हरियो घाँस खुआएर दूग्ध उत्पादन व्यवसाय अपनाएमा उत्पादन लागत कम गर्नुका साथै पशुहरू स्वस्थ्य तथा प्राकृतिक पोषण पाएर उच्च स्तरको शुद्ध दूध पनि खान पाइन्छ । तर घाँसखेती गर्ने प्रचलन त्यति नभएकोले घाँसमा आधारित दुग्ध उत्पादन व्यवसाय त्यति लोकप्रिय भएको छैन । उन्नत जातका पोषिला घाँसहरू लगाएर दूध उत्पादन व्यवसाय सञ्चालन गरेमा पशु आहारामा हुने लागत एक तिहाइसम्म कटौती गरेर पशुहरूलाई स्वस्थ्य, निरोगी बनाउनुका साथै दुग्ध उत्पादन व्यवसायलाई पनि नाफामूलक र दीगो बनाउन सकिन्छ ।
यसका लागि एक उन्नत जातको गाई वा भैंसीलाई करिब एक रोपनी वा डेढ कट्ठा (५०८ वर्ग मिटर) जग्गामा उन्नत तरिकाले घाँसेबालीको खेती गर्नुपर्छ । यसरी एक रोपनी जग्गाबाट उन्नत प्रविधि अपनाइ, गोबरको मलमूत्र उचित मात्रामा राखेर बहुवर्षे, एकवर्षे र डाले जातका कोसे–अकोसे घाँसेबालीको खेती गर्दा वर्षेनी करिब ६.५ टन हरियो घाँस पाउन सकिन्छ । एक रोपनी जग्गामा खानजोत, जग्गाको भाडा, बीउ, बिजन, श्रम आदि गरेर प्रति रोपनी वार्षिक १००००/खर्च पर्न जान्छ अर्थात प्रति किलो हरियो घाँसको उत्पादन लागत रु १÷ भन्दा कम पर्छ । यसमा घाँस कटाई गर्न लाग्ने ज्यामीज्याला, ढुवानी, नाफा आदि जोडेर बढीमा प्रति किलो हरियो घाँसको मूल्य रु ३/भन्दा बढी पर्दैन । यस्तो ५ किलो हरियो घाँस बराबर १ किलो सुखा आहारा हुन्छ अर्थात रु ४५–५० प्रति किलो पर्र्ने दाना भन्दा रु १५/किलो पर्ने पोषिलो घाँस निक्कै स्वथ्यकर किफायती र वातावरण मैत्री हुन्छ ।
यसका लागि एक उन्नत जातको दैनिक दस लिटर सम्म दूध दिने गाई वा भैंसीलाई दैनिक पराल २ किलो, दाना २ किलो र पोषिलो घाँस ३५ किलो खान दिएमा १० किलो सुखा आहाराको आपुत्र्ती हुन गई दैनिक आह।रा खर्च दैनिक रु ४०८/अर्थात एक लिटर दूधको उत्पादन लागत रु ४०.८/मा पर्न आउँछ ।
यसरी दूध उत्पादनमा संलग्न व्यावसायीहरूले परम्परागत आहारा खान दिएर एउटा १० लिटर दूध दिने गाईले वर्ष दिनमा रु १२२४००/ को आहारा मा खर्च गर्छन तर पोषिलो हरियो घाँस खान दिएमा साविकको उत्पादन क्षमता नघटाइकन एक वर्षमा आहारा खर्च रु ७०,५००/ मात्र पर्न जान्छ । यसरी घाँसमा आधारित दूध उत्पादन गर्दा एक गाईबाट वर्षमा रु ५१९००/ वा सो भन्दा बढी आहारामा मात्र बचत गर्न सकिन्छ ।
अर्को विकल्प यदि हरियो घाँसको कमी भएको अवस्थामा तीन भागमा एक भाग पराल, भाग हरियो घाँस र एक भाग दाना खान दिएमा आहारा खर्च प्रति दिन रु ३४५/खर्च हुन्छ, अर्थातप्रति लिटर दूधको औसत आहाराको लागत रु ३४.५०/ पर्न जान्छ , जुन त्यती किफायती हुन्न । यदि हरियो घाँस प्रशस्त छ भनें १० लिटर सम्म दुध दिने गाई भैंसीलाई कोसे अकोसे ६०:४० को अनुपातमा खान दिएर पनि उत्तिकै दूध उत्पादन लिन सकिन्छ यसको लागि करिब ५० किलो हरियो घाँस जसमा ३० किलो कोसे घाँस (जस्तै भेच) र २० किलो अकोसे (जइ) खान दिएमा दुधालु पशुलाई चाहिने सुखा पदार्थ, प्रोटिन तथा शक्तिको आवश्यमात्रा पुरा गर्न सकिन्छ ।
अर्को विकल्प यदि हरियो घाँसको कमी भएको अवस्थामा तीन भागमा एक भाग पराल, भाग हरियो घाँस र एक भाग दाना खान दिएमा आहारा खर्च प्रति दिन रु २८१/खर्च हुन्छ, अर्थातप्रति लिटर दूधको औसत आहाराको लागत रु २८.१०/ पर्न जान्छ , जुन दाना भन्दा केही किफायती हुन्छ । यदि हरियो घाँस प्रशस्त छ भनें १० लिटर सम्म दुध दिने गाई भैंसीलाई कोसे अकोसे ६०:४० को अनुपातमा खान दिएर पनि उत्तिकै दूध उत्पादन लिन सकिन्छ यसको लागि करिब ५० किलो हरियो घाँस जसमा ३० किलो कोसे घाँस (जस्तै भेच) र २० किलो अकोसे (जइ) खान दिएमा दुधालु पशुलाई चाहिने सुखा पदार्थ, प्रोटिन तथा शक्तिको आवश्यमात्रा पुरा गर्न सकिन्छ ।
दैनिक दस लिटर भन्दा बढी दूध दिने गाईहरूका लागि प्रत्येक २.५ लिटर दूधका लागि १ किलो दाना खान दिनुपर्छ । दूध उत्पादन लगात घटाउन मात्र होइन अन्य पशुपंक्षीहरूको आहारामा पनि पोषिलो कोसे घाँस केही प्रतिशत मिसाएर खुआएमा महँगो दानाको मात्रा उल्लेख्य मात्रामा कटौती गर्न सकिन्छ । उदाहरणका लागि माछा, बङ्गुर, कुखुरा, हासँ आदिको आहारामा २५ प्रतिशत सम्म हरियो आहारा खुआउन सकिन्छ ।
यसरी हरियो पोषिलो घाँस खेती गरेर घाँसमा आधारित गाई पालन गरेमा दूध उत्पादन लागत घटाउनुका साथै गाईको स्वास्थ तथा स्वस्थ दूध पनि पाउन सकिन्छ ।
Published in
·         रामेश्वर सिंह पाण्डे २०७६, ÷२०१९, दुग्ध उत्पादन व्यवसायलाई नाफामूलक र बजार प्रतिस्पर्धी कसरी बनाउने ?  एग्रो टाइम्स (मासिक), वर्ष ६, अंक १०, असार २०७६,
·         कृषि पत्रिका Facebook Group on 2019 July 4
(Please note do not copy without citing reference RS Pande, 2019, July 4, कृषि पत्रिका Krishi Patrika, Nepal, Ji. Pra.Ka.Kath. Darta No. 260/2064/065

Sunday, 11 May 2014

बङ्गुर पालनः १ व्यावसायिक बङ्गुरपालन किन?

फेसबुक साथी हो,
बङ्गुरपालन व्यवसायसम्बन्धी केही जानकारी माग गरिएकोले अब व्यावसायिक बङ्गुरपालनसम्बन्धी पनि केही जानकारी दिने जमर्को गरेको छुँ ।
facebook.com/krishipatrika

बङ्गुर पालनः १ व्यावसायिक बङ्गुरपालन किन?
रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१
1.  व्यावसायिक बङ्गुरपालनको आवश्यकता?
बङ्गुरको मासुलाई पोर्क भनिन्छ विश्व खाद्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी बङ्गुरको मासु उत्पादन तथा खपत हुने गर्दछ हाल विश्वमा कुल ३० करोड मेट्रिक टन मासु उत्पादन (बङ्गुर, खसी, भेडा, गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड मेट्रिक टन मासु उत्पादन हुन्छ सोही अध्ययन अनुसार विश्वमा प्रति व्यक्ति मासुको खपत ४२.५ किलो प्रति वर्ष रहेको कुल मासुको खपतमा बङ्गुरको मासु ३७ किलो प्रति व्यक्ति प्रति वर्षरहेको मासुको रूपमा बङ्गुरको प्राय सबैजसो अङ्गहरूको परिकार बनाएर खाइन्छ बङ्गुरको मासुबाट बनाइने विभिन्न परिकारहरूमा ससेज, ब्याकन, ह्याम आदि बनाइन्छ बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकोले मासु एक सन्तुलित आहारा हो मासुमा १८ देखि २५ प्रतिशत सम्म प्रोटिन पाइन्छ बङ्गुरमा अरू सबै पशुहरूभन्दा मासुको प्रतिशत  (ड्रेसिङ्ग परसेन्टेज) बढी मात्रा पाइन्छ यिनीहरूमा जीवित तौलको ७५८० प्रतिशतसम्म मासु प्राप्त हुन्छ साधारणतया बँगुरमा ३७३९ प्रतिशत रातो मासु  (लिन कट्स)  पाइन्छ मासुमा १७२१ प्रतिशतसम्म बोसो पाइन्छ कृषि मन्त्रालयको लथ्याङ्क अनुसार बङ्गुरबाट १६,९९२ मे.टन मासु उत्पादन भएको अनुमान भैगौलिक क्षेत्र अनुसार हिमालमा ७.४ प्रतिशत, पहाडमा ५७.६ प्रतिशत तराईमा ३४.९ प्रतिशत बङ्गुरको मासु उत्पादन भएको
नेपालमा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्यसुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको पाल्तु पशुहरू मध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिन्छ बङ्गुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको जबकि बङ्गुर पालन व्यवसायबाट लगानी गरेको प्रतिफल को ६० प्रतिशत सम्म पाइएको  
विश्वमा बङ्गुर पालनका विभिन्न प्रणाली अन्तरगत एउटा किसानले एक÷दुई वटा बङ्गुर पनि पाल्दै आएका छन् ठूलो लगानी गरेर एउटै व्यवसायीले पचासौं लाख बङ्गुर एउटै फार्ममा पनि पाल्ने गरेका छन्
2.  व्यावसायिक बङ्गुरपालनबाट निम्न फायदाहरू हुन्छन्ः
·      बङ्गुरहरूमा कमसलखालका आहारा खाएर त्यसलाई मासुमा परिणत गर्नसक्ने क्षमता अन्य पशुको दाँजोमा बढी हुन्छ, त्यसैले मासुका लागि बङ्गुर पालन व्यवसाय अति लाभकारी हुन्छ
·      बङ्गुरहरूमा प्रजनन क्षमता अत्यधिक मात्रामा हुन्छ एकै पटक १०१२ पाठापाठी जन्माउन सक्छन् वर्षमा दुईपटकसम्म ब्याउँदछने
·      बङ्गुरपालन व्यवसाय गर्न थोरै लगानी सानो ठाउँ चाहिन्छ तथा बङ्गुरपालन व्यवसायबाट छोटो समयमा मुनाफा लिन सकिन्छ
·      बङ्गुरमा खानेयोग्य मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) अन्य पशुहरूको दाँजोमा बढी (६०८० प्रतिशत) हुन्छ बङ्गुरको कुनै पनि अङ्ग खेर जान्न, मासुको रूपमा सबै भाग खाइन्छ
·      बङ्गुरको मासु पौष्टिक, बढी बोसो तथा कम पानी भएको बढी शक्ति (इनर्जी) दिने खालका हुन्छन् बङ्गुरको मासुमा थायमिन, पनयासिन तथा रबोफ्लाबिन जस्ता भिटामिनहरू बढीमात्रामा पाइन्छन्
·      बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ
·      बङ्गुरको बोसो (फ्याट) कुखुराको दाना, साबुन उद्योग, रङ्ग रोगन उद्योगमा उपयोगी हुन्छ, त्यस्तै रौंबाट ब्रस आदि बनाइन्छ
·      बङ्गुरको मासुबाट बनाइएका पोर्क, ब्याकन, ह्याम, ससेज आदिको माग स्वदेशी तथा विदेशी बजारमा प्रशस्त भएकोले निर्यातजन्य उद्योगको रूपमा बङ्गुर पालन व्यवसाय सञ्चालन गर्न सकिन्छ
·      बङ्गुरपालनलाई एकीकृत रूपमा मत्स÷हाँस पालन तरकारी खेतीसँग आवद्ध गरेर बढी लाभ लिन सकिन्छ
·      बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ एउटा वयस्क बङ्गुरले औसतमा ६०० देखि ७५० किलो प्रति वर्ष मल दिन्छ
·      बङ्गुरहरू हेर्दा राम्रो, ज्ञानी तथा समझदार मानिन्छन् विकसित मुलुकमा कुकुर÷बिरालो झैं घरमा शौखका लागि पालिन्छन्


3    बङ्गुरपालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?
व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिसेबढी मुनाफा कमाउनु रहेको हुन्छ यस व्यावसायिक उद्देश्य प्राप्तकिालागि मुख्य रणनीतिहरूमा
·      वर्षेनी माउ पिच्छे बढीसेबढी स्वस्थ्य पाठापाठी उत्पादन गर्नु,
·      न्यूनतम मूल्यमा पोषक तथा स्वास्थ्यकर दाना तथा आहाराको व्यवस्थापन गर्नु,
·      उचित व्यवस्थपन प्रविधि अपनाएर उत्पादन लागत घटाई बढी मुनाफा आर्जन गर्नु

बजारको माग अनुसार निम्न किसिमको बङ्गुरपालन व्यवसाय अपनाउन सकिन्छः
·      माउ बङ्गुर पालेर पाठापाठी जन्माउने, हुर्काउने मासुको लागि बिक्री गर्नेः यस व्यवसायमा केही माउ (भाले÷पोथी) पालेर आफ्नै फार्ममा पाठापाठी जन्माउने ती पाठापाठीहरूलाई १० महिना पालेर मासुको लागि बिक्री गर्ने यस व्यवसायमा बजारको माग अनुसार दूध छुटाएका पाठापाठी, कोरली पाठी वा माउ पनि बिक्री पनि गरिन्छ
·      बङ्गुरका पाठापाठीमात्र बिक्री गर्नेः यस व्यवसायमा उन्नत जातका केही माउ (भुनी वीर) पालिन्छन् शुद्ध जातका वा क्रस पाठापाठीहरू उत्पादन गरेर बङ्गुर पाल्ने कृषकहरूलार्य बिक्री गरिन्छ यस्तो व्यवसाय गर्न ब्रिडिङ्ग सम्बन्धी केही प्राविधिक ज्ञानको आवश्यकता तथा शिप चाहिन्छ
·      बङ्गुरका भुनी तथा वीर पालेर हुर्किएको पाठापाठी बिक्री गर्ने (पाठापाठी दूध छुटाएर बिक्री गर्ने)
·      बङ्गुरका हुर्किएका पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने (हुर्किएको पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने)
·      अरग्यानिक बड्गुर उत्पादनः प्राकृतिक रूपमा उपलब्ध कुनै पनि प्रकारको रासायनिक आहारा नखुआइकन कुनै प्रकारको रासायनिकयुक्त औषधी उपचार नगरिकन उत्पादित बड्गुरपालन प्रविधिलाई अरग्यानिक बड्गुर उत्पादन व्यवसाय भनिन्छ हाल अरग्यानिक रूपमा उत्पादित बड्गुरको मासुको बजार देशभित्र निर्यातका लागि पनि फैलदैगएको


4   बङ्गुरपालन व्यवसाय शुरु गर्नु अगावै गर्नु पर्ने कामहरू
व्यावसायिक बङ्गुरपालन योजना बनाउनु अगावै निम्न जानकारीहरूमा सङ्कलन गर्नु पर्दछः
·      बङ्गुरविकास सम्बन्धी सरकारी नितीबारे जानकारीः  बङ्गुरपालन विकास तथा अध्ययन÷अनुसन्धान कृषि विकास मन्त्रालय अन्तरगत पशुसेवा विभाग हो त्यस्तै बङ्गुरसम्बन्धी अध्ययन ÷अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिआएको सरकारी स्तरबाट बङ्गुरको विकास सम्बन्धी के कस्ता कार्यक्रमहरू उपलब्ध छन् सरकारी स्तरबाट प्रविधिक÷आर्थिक सहयोग के के उपलब्ध गराइएको सो बारे विस्तृत जानकारी लिनुपर्छ
·      आफ्नो क्षेत्रमा भएको निजी बङ्गुर फार्मको भ्रमणः आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको सानाठूला बङ्गुर पालक कृषक÷व्यवसाथीको फार्म भ्रमण गरी व्यवहारिक पक्षमा विस्तृत छलफल गर्ने
·      बङ्गुरको दाना उत्पादक तथा बजार सम्बन्धी अध्ययन भ्रमणः आफ्नो क्षेत्रमा भएको बङ्गुरको दाना उत्पादक फ्याक्ट्रि÷उद्योगको भ्रमण गरी दाना उत्पादन, बिक्री व्यवस्था, मूल्य, ढुवानकिो अवस्थाआदिबारे विस्तृत जानकारी लिने
·      बङ्गुरको रोग तथा उचारका लागि पशुस्वास्थ्य केन्द्रबारे जानकारीः बङ्गुरमा के कस्ता रोव्याधीहरू आफ्नो क्षेत्रमा लाग्नेगर्दछन्? उपचारका लागि पशु चिकित्सक, पशु अस्पतालको सुविधा के कस्तो सो को अवस्था बारे विस्तृत जानकारी लिने
·         बङ्गुरको बजार, प्रशोधनशाला आदि बारे जानकारीः उत्पादित बङ्गुरलाई बिक्री गर्न बजारको व्यवस्था, मासु प्रशोधनशाला, निकासीका लागि के कस्ता प्रावधानहरू छन् सो को विस्तृत जानकारी लिने

(रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१)