फेसबुक साथी हो,
बङ्गुरपालन व्यवसायसम्बन्धी केही जानकारी
माग गरिएकोले अब व्यावसायिक बङ्गुरपालनसम्बन्धी पनि केही जानकारी दिने जमर्को गरेको
छुँ ।
facebook.com/krishipatrika
बङ्गुर पालनः १ व्यावसायिक बङ्गुरपालन किन?
रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१
1. व्यावसायिक बङ्गुरपालनको आवश्यकता?
नेपालमा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्यसुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको छ । पाल्तु पशुहरू मध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिन्छ । बङ्गुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकि बङ्गुर पालन व्यवसायबाट लगानी गरेको प्रतिफल को ६० प्रतिशत सम्म पाइएको छ ।
विश्वमा बङ्गुर पालनका विभिन्न प्रणाली अन्तरगत एउटा किसानले एक÷दुई वटा बङ्गुर पनि पाल्दै आएका छन् र ठूलो लगानी गरेर एउटै व्यवसायीले पचासौं लाख बङ्गुर एउटै फार्ममा पनि पाल्ने गरेका छन् ।
2. व्यावसायिक बङ्गुरपालनबाट निम्न फायदाहरू हुन्छन्ः
·
बङ्गुरहरूमा कमसलखालका आहारा खाएर त्यसलाई मासुमा परिणत गर्नसक्ने क्षमता अन्य पशुको दाँजोमा बढी हुन्छ, त्यसैले मासुका लागि बङ्गुर पालन व्यवसाय अति लाभकारी हुन्छ ।
·
बङ्गुरहरूमा प्रजनन क्षमता अत्यधिक मात्रामा हुन्छ एकै पटक १०–१२ पाठापाठी जन्माउन सक्छन् र वर्षमा दुईपटकसम्म ब्याउँदछने ।
·
बङ्गुरपालन व्यवसाय गर्न थोरै लगानी र सानो ठाउँ चाहिन्छ तथा बङ्गुरपालन व्यवसायबाट छोटो समयमा मुनाफा लिन सकिन्छ ।
·
बङ्गुरमा खानेयोग्य मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) अन्य पशुहरूको दाँजोमा बढी (६०–८० प्रतिशत) हुन्छ । बङ्गुरको कुनै पनि अङ्ग खेर जान्न, मासुको रूपमा सबै भाग खाइन्छ ।
·
बङ्गुरको मासु पौष्टिक, बढी बोसो तथा कम पानी भएको र बढी शक्ति (इनर्जी) दिने खालका हुन्छन् । बङ्गुरको मासुमा थायमिन, पनयासिन तथा रबोफ्लाबिन जस्ता भिटामिनहरू बढीमात्रामा पाइन्छन् ।
·
बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ ।
·
बङ्गुरको बोसो (फ्याट) कुखुराको दाना, साबुन उद्योग, रङ्ग रोगन उद्योगमा उपयोगी हुन्छ, त्यस्तै रौंबाट ब्रस आदि बनाइन्छ ।
·
बङ्गुरको मासुबाट बनाइएका पोर्क, ब्याकन, ह्याम, ससेज आदिको माग स्वदेशी तथा विदेशी बजारमा प्रशस्त भएकोले निर्यातजन्य उद्योगको रूपमा बङ्गुर पालन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
·
बङ्गुरपालनलाई एकीकृत रूपमा मत्स÷हाँस पालन र तरकारी खेतीसँग आवद्ध गरेर बढी लाभ लिन सकिन्छ ।
·
बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ । एउटा वयस्क बङ्गुरले औसतमा ६०० देखि ७५० किलो प्रति वर्ष मल दिन्छ ।
·
बङ्गुरहरू हेर्दा राम्रो, ज्ञानी तथा समझदार मानिन्छन् र विकसित मुलुकमा कुकुर÷बिरालो झैं घरमा शौखका लागि पालिन्छन् ।
3 बङ्गुरपालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?
व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिसेबढी मुनाफा कमाउनु रहेको हुन्छ । यस व्यावसायिक उद्देश्य प्राप्तकिालागि मुख्य रणनीतिहरूमा
·
वर्षेनी माउ पिच्छे बढीसेबढी स्वस्थ्य पाठापाठी उत्पादन गर्नु,
·
न्यूनतम मूल्यमा पोषक तथा स्वास्थ्यकर दाना तथा आहाराको व्यवस्थापन गर्नु,
·
उचित व्यवस्थपन प्रविधि अपनाएर उत्पादन लागत घटाई बढी मुनाफा आर्जन गर्नु ।
बजारको माग अनुसार निम्न किसिमको बङ्गुरपालन व्यवसाय अपनाउन सकिन्छः
·
माउ बङ्गुर पालेर पाठापाठी जन्माउने, हुर्काउने र मासुको लागि बिक्री गर्नेः यस व्यवसायमा केही माउ (भाले÷पोथी) पालेर आफ्नै फार्ममा पाठापाठी जन्माउने र ती पाठापाठीहरूलाई ८–१० महिना पालेर मासुको लागि बिक्री गर्ने । यस व्यवसायमा बजारको माग अनुसार दूध छुटाएका पाठापाठी, कोरली पाठी वा माउ पनि बिक्री पनि गरिन्छ ।
·
बङ्गुरका पाठापाठीमात्र बिक्री गर्नेः यस व्यवसायमा उन्नत जातका केही माउ (भुनी र वीर) पालिन्छन् । शुद्ध जातका वा क्रस पाठापाठीहरू उत्पादन गरेर बङ्गुर पाल्ने कृषकहरूलार्य बिक्री गरिन्छ । यस्तो व्यवसाय गर्न ब्रिडिङ्ग सम्बन्धी केही प्राविधिक ज्ञानको आवश्यकता तथा शिप चाहिन्छ ।
·
बङ्गुरका भुनी तथा वीर पालेर हुर्किएको पाठापाठी बिक्री गर्ने (पाठापाठी दूध छुटाएर बिक्री गर्ने)
·
बङ्गुरका हुर्किएका पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने (हुर्किएको पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने)
·
अरग्यानिक बड्गुर उत्पादनः प्राकृतिक रूपमा उपलब्ध कुनै पनि प्रकारको रासायनिक आहारा नखुआइकन र कुनै प्रकारको रासायनिकयुक्त औषधी उपचार नगरिकन उत्पादित बड्गुरपालन प्रविधिलाई अरग्यानिक बड्गुर उत्पादन व्यवसाय भनिन्छ । हाल अरग्यानिक रूपमा उत्पादित बड्गुरको मासुको बजार देशभित्र र निर्यातका लागि पनि फैलदैगएको छ ।
4 बङ्गुरपालन व्यवसाय शुरु गर्नु अगावै गर्नु पर्ने कामहरू
व्यावसायिक बङ्गुरपालन योजना बनाउनु अगावै निम्न जानकारीहरूमा सङ्कलन गर्नु पर्दछः
·
बङ्गुरविकास सम्बन्धी सरकारी नितीबारे जानकारीः बङ्गुरपालन विकास तथा अध्ययन÷अनुसन्धान कृषि विकास मन्त्रालय अन्तरगत पशुसेवा विभाग हो । त्यस्तै बङ्गुरसम्बन्धी अध्ययन ÷अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिआएको छ । सरकारी स्तरबाट बङ्गुरको विकास सम्बन्धी के कस्ता कार्यक्रमहरू उपलब्ध छन् र सरकारी स्तरबाट प्रविधिक÷आर्थिक सहयोग के के उपलब्ध गराइएको छ सो बारे विस्तृत जानकारी लिनुपर्छ ।
·
आफ्नो क्षेत्रमा भएको निजी बङ्गुर फार्मको भ्रमणः आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको सानाठूला बङ्गुर पालक कृषक÷व्यवसाथीको फार्म भ्रमण गरी व्यवहारिक पक्षमा विस्तृत छलफल गर्ने ।
·
बङ्गुरको दाना उत्पादक तथा बजार सम्बन्धी अध्ययन भ्रमणः आफ्नो क्षेत्रमा भएको बङ्गुरको दाना उत्पादक फ्याक्ट्रि÷उद्योगको भ्रमण गरी दाना उत्पादन, बिक्री व्यवस्था, मूल्य, ढुवानकिो अवस्थाआदिबारे विस्तृत जानकारी लिने ।
·
बङ्गुरको रोग तथा उचारका लागि पशुस्वास्थ्य केन्द्रबारे जानकारीः बङ्गुरमा के कस्ता रोव्याधीहरू आफ्नो क्षेत्रमा लाग्नेगर्दछन्? उपचारका लागि पशु चिकित्सक, पशु अस्पतालको सुविधा के कस्तो छ सो को अवस्था बारे विस्तृत जानकारी लिने ।
·
बङ्गुरको बजार, प्रशोधनशाला आदि बारे जानकारीः उत्पादित बङ्गुरलाई बिक्री गर्न बजारको व्यवस्था, मासु प्रशोधनशाला, निकासीका लागि के कस्ता प्रावधानहरू छन् सो को विस्तृत जानकारी लिने ।
(रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका २०७० वैशाख ३१)
No comments:
Post a Comment