दुग्ध उत्पादन व्यवसायलाई नाफामूलक
र बजार प्रतिस्पर्धी कसरी बनाउने ?
रामेश्वर सिंह पाण्डे
पशु /फरेज विज्ञ,
कृषि पत्रिका Krishi Patrika, Nepal
Ji. Pra.Ka.Kath. Darta No. 260/2064/065).
नेपालमा व्यावसायिक गाईपालन व्यवसाय
फस्टाइ रहेको छ तर अपवादमा केही गाई फार्महरू बाहेक धेरैजसो जेनतेन व्यवसाय
धानीमात्र रहेका छन्, जसको मुख्य कारण बढदो उत्पादन लागत
नै हो । गाईको मुख्य उत्पादन भनेको दूध हो । अन्य उत्पादन जस्तै बाछो/गोरु, गोबर/मूत्र, हाड/छाला आदि आर्थिक रूपले
त्यति प्रभावकारी मानिन्नन् । दूध उत्पादनमा लाग्ने खर्च र सो बिक्रीबाट आउने आयको
सन्तुलन नमिलेको कारण उन्नत गाईपालन व्यवसाय नाफामूलक तथा बजार प्रतिस्पर्धी हुन
सकिरहेको छैन ।
गाईपालन व्यवसायमा दूध उत्पादन
लागतको करिब ६५–७० प्रतिशत खर्च आहारा मै हुने गर्छ । गाईको दैनिक दूध उत्पादन
क्षमतामा कुनै ह््रास हुन नदिई आहारामा लाग्ने खर्चको बचत गर्न सकिएमा दूध उत्पादन
व्यवसायलाई नाफामुखी बनाउन सकिन्छ । उत्पादन लागत घटाउने किफायती र दीगो उपाय नै
पोषिलो घाँसेबालीमा आधारित दुग्ध उत्पादन व्यवसाय अपनाउनु हो ।
धेरै जसो व्यावसायिक दुग्ध उत्पादन
फार्महरूमा दुधालू गाईभैंसीहरूलाई पराल र दानाको रूपमा ढुटो, चोकर, मकैको पीठो, पीना आदि खुआएर पाल्ने
गरिन्छ । यी आहारा न त दुधालु पशुहरूका लागि सन्तुलित हुन्छन् न त मूल्यको हिसावमा
किफायती नै । त्यसमा पनि दूधको बजार मूल्य स्थीर रहने तर पशुआहारा र दानाको मूल्य
वर्षेनी बढिरहने भएकोले दुग्ध उत्पादन व्यवसाय आर्थिक रूपमा ठूलो संकटको सामना
गरिरहेको छ ।
नेपालमा दूधका लागि विशेषतः गाईमा
जर्सी र होल्स्टन र मुर्रा जातको भैंसीपालन गरिन्छ । यी दुधालु पशुको औसत शारीरिक
तौल ४०० किलो हुन्छ (अपवादको रूपमा कुनै कुनै होल्स्टन गाई वा मुर्रा भैंसी
५००–६०० किलोसम्मका हुन्छन्) । औसत यी दुधालु गाईले सरदर एक दिनमा १० लिटर दूध र
वर्षभरिमा ३००० लिटर दूध दिन्छन् ( केही गाई वा भैंसीले सो भन्दा बढी पनि दूध दिने
गर्छन् विकसित देशका उन्नत जातका गाईले दिनको १०० लिटर र भैंसीले ३२ लिटर दूधसम्म
दिएका छन्) ।
धेरै जसो गाईभैंसीहरूले आफ्नो
शारीरिक तौलको २.५ प्रतिशत (बढीमा ४.५% सम्म) सुखा पदार्थ (DM) आहाराको
रूपमा खान्छन् । अर्थात एउटा ४०० किलो वजनको दुधालु पशुलाई दैनिक १० किलो सुखा
आहारा चाहिन्छ (सुखा आहारा भन्नाले पानीको मात्रा हटाएर त्यस आहारामा पाइने
खाद्यतत्वलाई बुझाउँछ) । यसका लागि एउटा गाईलाई एक दिनमा औसत पराल ६ किलो, दाना वा चोकर ६ किलो र
हरियो घाँस वा स्याउला करिब ६ किलो गरी करिब १८ किलो आहारा दैनिक रूपमा खुआइने
गरिन्छ । जसको अनुपात, सुखा पदार्थको आधारमा ५०: ४८: २:
प्रतिशत रहेको छ । यसरी १८ किलो पराल, चोकर, र घाँस मिसाएर खुआउँदा त्यसमा भएको
पानीको मात्रा हटाएमा जम्मा १० किलो सुखा पदार्थको आपुत्र्ती हुनेगर्छ । यस्तो
आहारा एक उन्नत जातको दैनिक १० लिटर दूध दिने गाई वा भैंसीका लागि राम्रो खुराकी
हो तर मूल्यको हिसाबमा यो आहारा किफायती होइन । उदाहरणका लागि चलन चल्तीको मूल्य
अनुसार पराल प्रति किलो रु २०/–, दाना/चोकर प्रति किलो रु ४५/– र हरियो घाँस प्रति किलो रु
३/– का
दरले हिसाब गर्दा एउटा औसत दस लिटर/दिन दूध दिने गाईलाई खानापान, आहारामा मात्र प्रति दिन रु
४०८/–खर्च
हुन्छ, अर्थात
दूधको औसत आहाराको लागत रु ४०.८०/– प्रति लिटर पर्न जान्छ । जबकि औसत
दूधको बिक्री मूल्य रु ४५– ५०/प्रति लिटर पाइने भएको हुँदा , आहारामा
मात्र दूध उत्पादन लागतको ८२–९० प्रतिशत पर्न गइरहेको देखिन्छ । अन्य खर्च जस्तै
श्रम, औषधिउपचार, कृत्रिम गर्भाधान, भाडा, व्याज, बिजुली, आदि जोड्दा दूध उत्पादन व्यवसायबाट
त्यति नाफा भएको देखिन्न ।
पोषिलो जातका घाँस पौष्टिकताको
दृषिकोणले दाना भन्दा उत्तम र लागतको हिसाबमा अति कम हुन्छ त्यसर्थ दुधालु
चौपायाहरूका लागि सबैभन्दा असल, पौष्टिक र प्राकृतिक आहारा पोषिलो
हरियो घाँसपात नै हो । पशुहरूको दानामा औसत १४ प्रतिशत प्रोटिन पाइने र मूल्य करिब
रु ४५/किलो पर्न जान्छ जबकि दानाको साटो कोसे जातका हरियो पोषिलो घाँस खुआएमा २२
प्रतिशतसम्म प्रोटिन र मूल्य रु १५÷किलोमात्र पर्ने हुन्छ (५ किलो
हरियो घाँस बराबर १ किलो सुखा पदार्थ)। यसरी दानाको साटो हरियो घाँस खुआएर दूग्ध
उत्पादन व्यवसाय अपनाएमा उत्पादन लागत कम गर्नुका साथै पशुहरू स्वस्थ्य तथा
प्राकृतिक पोषण पाएर उच्च स्तरको शुद्ध दूध पनि खान पाइन्छ । तर घाँसखेती गर्ने
प्रचलन त्यति नभएकोले घाँसमा आधारित दुग्ध उत्पादन व्यवसाय त्यति लोकप्रिय भएको
छैन । उन्नत जातका पोषिला घाँसहरू लगाएर दूध उत्पादन व्यवसाय सञ्चालन गरेमा पशु
आहारामा हुने लागत एक तिहाइसम्म कटौती गरेर पशुहरूलाई स्वस्थ्य, निरोगी बनाउनुका साथै दुग्ध
उत्पादन व्यवसायलाई पनि नाफामूलक र दीगो बनाउन सकिन्छ ।
यसका लागि एक उन्नत जातको गाई वा
भैंसीलाई करिब एक रोपनी वा डेढ कट्ठा (५०८ वर्ग मिटर) जग्गामा उन्नत तरिकाले
घाँसेबालीको खेती गर्नुपर्छ । यसरी एक रोपनी जग्गाबाट उन्नत प्रविधि अपनाइ, गोबरको मलमूत्र उचित
मात्रामा राखेर बहुवर्षे, एकवर्षे र डाले जातका कोसे–अकोसे
घाँसेबालीको खेती गर्दा वर्षेनी करिब ६.५ टन हरियो घाँस पाउन सकिन्छ । एक रोपनी
जग्गामा खानजोत, जग्गाको भाडा, बीउ, बिजन, श्रम आदि गरेर प्रति रोपनी
वार्षिक १००००/– खर्च
पर्न जान्छ अर्थात प्रति किलो हरियो घाँसको उत्पादन लागत रु १÷ भन्दा कम पर्छ । यसमा घाँस
कटाई गर्न लाग्ने ज्यामीज्याला, ढुवानी, नाफा आदि जोडेर बढीमा प्रति किलो हरियो
घाँसको मूल्य रु ३/–भन्दा
बढी पर्दैन । यस्तो ५ किलो हरियो घाँस बराबर १ किलो सुखा आहारा हुन्छ अर्थात रु
४५–५० प्रति किलो पर्र्ने दाना भन्दा रु १५/किलो पर्ने पोषिलो घाँस निक्कै
स्वथ्यकर किफायती र वातावरण मैत्री हुन्छ ।
यसका लागि एक उन्नत जातको दैनिक दस
लिटर सम्म दूध दिने गाई वा भैंसीलाई दैनिक पराल २ किलो, दाना २ किलो र पोषिलो घाँस ३५ किलो
खान दिएमा १० किलो सुखा आहाराको आपुत्र्ती हुन गई दैनिक आह।रा खर्च दैनिक रु ४०८/– अर्थात एक लिटर दूधको
उत्पादन लागत रु ४०.८/मा पर्न आउँछ ।
यसरी दूध उत्पादनमा संलग्न व्यावसायीहरूले
परम्परागत आहारा खान दिएर एउटा १० लिटर दूध दिने गाईले वर्ष दिनमा रु १२२४००/ को आहारा मा खर्च गर्छन तर
पोषिलो हरियो घाँस खान दिएमा साविकको उत्पादन क्षमता नघटाइकन एक वर्षमा आहारा खर्च
रु ७०,५००/ मात्र पर्न जान्छ । यसरी
घाँसमा आधारित दूध उत्पादन गर्दा एक गाईबाट वर्षमा रु ५१९००/ वा सो भन्दा बढी आहारामा
मात्र बचत गर्न सकिन्छ ।
अर्को विकल्प यदि हरियो घाँसको कमी
भएको अवस्थामा तीन भागमा एक भाग पराल, भाग हरियो घाँस र एक भाग दाना खान
दिएमा आहारा खर्च प्रति दिन रु ३४५/–खर्च हुन्छ, अर्थातप्रति लिटर दूधको औसत आहाराको
लागत रु ३४.५०/ पर्न
जान्छ , जुन त्यती किफायती हुन्न । यदि
हरियो घाँस प्रशस्त छ भनें १० लिटर सम्म दुध दिने गाई भैंसीलाई कोसे अकोसे ६०:४०
को अनुपातमा खान दिएर पनि उत्तिकै दूध उत्पादन लिन सकिन्छ यसको लागि करिब ५० किलो
हरियो घाँस जसमा ३० किलो कोसे घाँस (जस्तै भेच) र २० किलो अकोसे (जइ) खान दिएमा
दुधालु पशुलाई चाहिने सुखा पदार्थ, प्रोटिन तथा शक्तिको आवश्यमात्रा
पुरा गर्न सकिन्छ ।
अर्को विकल्प यदि हरियो घाँसको कमी
भएको अवस्थामा तीन भागमा एक भाग पराल, भाग हरियो घाँस र एक भाग दाना खान
दिएमा आहारा खर्च प्रति दिन रु २८१/–खर्च हुन्छ, अर्थातप्रति लिटर दूधको औसत आहाराको
लागत रु २८.१०/ पर्न
जान्छ , जुन दाना भन्दा केही किफायती हुन्छ
। यदि हरियो घाँस प्रशस्त छ भनें १० लिटर सम्म दुध दिने गाई भैंसीलाई कोसे अकोसे
६०:४० को अनुपातमा खान दिएर पनि उत्तिकै दूध उत्पादन लिन सकिन्छ यसको लागि करिब ५०
किलो हरियो घाँस जसमा ३० किलो कोसे घाँस (जस्तै भेच) र २० किलो अकोसे (जइ) खान
दिएमा दुधालु पशुलाई चाहिने सुखा पदार्थ, प्रोटिन तथा शक्तिको आवश्यमात्रा
पुरा गर्न सकिन्छ ।
दैनिक दस लिटर भन्दा बढी दूध दिने
गाईहरूका लागि प्रत्येक २.५ लिटर दूधका लागि १ किलो दाना खान दिनुपर्छ । दूध
उत्पादन लगात घटाउन मात्र होइन अन्य पशुपंक्षीहरूको आहारामा पनि पोषिलो कोसे घाँस
केही प्रतिशत मिसाएर खुआएमा महँगो दानाको मात्रा उल्लेख्य मात्रामा कटौती गर्न
सकिन्छ । उदाहरणका लागि माछा, बङ्गुर, कुखुरा, हासँ आदिको आहारामा २५ प्रतिशत सम्म
हरियो आहारा खुआउन सकिन्छ ।
यसरी हरियो पोषिलो घाँस खेती गरेर
घाँसमा आधारित गाई पालन गरेमा दूध उत्पादन लागत घटाउनुका साथै गाईको स्वास्थ तथा
स्वस्थ दूध पनि पाउन सकिन्छ ।
Published in
·
रामेश्वर सिंह पाण्डे २०७६, ÷२०१९, दुग्ध
उत्पादन व्यवसायलाई नाफामूलक र बजार प्रतिस्पर्धी कसरी बनाउने ? एग्रो टाइम्स (मासिक), वर्ष ६, अंक १०, असार
२०७६,
·
कृषि पत्रिका Facebook Group
on 2019 July 4
(Please note do not copy without citing reference RS Pande, 2019, July 4, कृषि पत्रिका Krishi Patrika, Nepal, Ji. Pra.Ka.Kath. Darta No. 260/2064/065