नेपालमा मृगपालन को सम्भावना
रामेश्वर सिंह पाण्डे,
Scope of Deer Farming in Nepal (By- Rameshwar Singh
Pande)
विकसित मुलुकहरू जस्तै न्युजिल्यान्ड, अष्ट्रेलिया, स्कटल्याण्ड, अमेरिका, क्यानाडा आदिमा मृगपालन व्यवसाय धेरै पहिले देखि नै गरिआइएको पाइन्छ । मृगलाई मासु भेनेसन -Venesion_, सिंग एन्टलर -Antler/Velvet_ र छालाको लागि पालिन्छ । मृगको मासु निकै स्वादिलो तथा प्रोटिनयुक्त भएकोले सबैले रुचाउंछन् भनें कोरिया, जापान, चीन, ताइवान आदि देशमा मृगको कलिलो सिंगलाई पिसेर त्यसको सुप बनाएर खाइन्छ, जुन अति शक्तिवर्धक मानिन्छ ।
मृगः
सरभिडी -Cervidae_ परिवारका सदस्य हुन् । यस परिवार अन्तगर विभित्र जातका मृगहरू हुन्छन् । साधारण मृगको वैज्ञानिक नाम सरभस इल्याफस वा सरभस क्यानाडेन्सिस (Cervus elaphus/C. canadensis) हो । नेपालमा पाइने मृग जातीहरूमा चित्तल (Spotted deer: Cervus elaphus), जरायो (Samber), लगुना (Hog deer), रतुवा (Barking deer), बाह्सिङ्गे (Swamp deer), तराई तथा पहाडी क्षेत्रहरूमा पाइन्छन् भनें कस्तुरी मृग (Musk deer:
Moschus moschiferus) हिमाली क्षेत्रमा पाइन्छ ।
चित्तलको जीवित तौल १०० किलो, जरायो, लगुनाको ५० किलो, रतुवाको २० किलो बाह्सिंङ्गेको ४००–५०० किलो हुन्छ भनें कस्तुरी मृग २० किलो सम्म तौलको हुन्छ । यस जातीका भाले स्टाग (Stag) हरूमा प्रायः सिङ्ग -Antler_ पाइन्छ तर कस्तुरीको भालेमा सिङ्ग हुन्न । जरायो तथा बाह्सिँगे जातको मृगको सिँग निकै लामलामा तथा आकर्षक हुन्छन् । यिनीहरूका सिङ्ग वर्षै पिच्छे झर्ने र उम्रने गर्दछन् ।
यिनीहरू स्थानीय रूपमा पाइने घाँसपात खाएर हुर्कन्छन् । शरदमा श्रृतुमा यिनीहरू भाले खोज्दछन् । गर्भकाल करिब २३० दिनको हुन्छ । बसन्त श्रृतुमा भालेमा नयां सिङ्ग पल्हाउन सुरु गर्दछ । गृष्मकालमा बच्चा जन्माउँछन् । न्युजिल्याण्डमा मृगलाई अग्लो तारबार गरेको खुला घाँसे मैदान भित्र थुनेर पालिन्छ ।
नेपालमा पनि मृगपालनको प्रशस्त सम्भावना भएतापनि व्यवहारमा कसैले गरेको पाइन्न । हाल नेपालमा सामुदायिक बन कार्यक्रम निकै सफल रहेको छ । नेपालका करिब १५ लाख हेक्टर बन करिब १५ हजार समूहको व्यवस्थापनमा भएकोले यस्ता सामुदायिक बनमा मृगपालनको निकै सफल हुन सक्ने सम्भावना रहेको छ ।
साभारः कृषि पत्रिका, वर्षः १ अड्ढः ९ कृषि पत्रिका ( २०६५ साल, वैशाख १–१५ (
Rameshwar Singh Pande, Krishi
Patrika, Issue 9; 13 -27 April, 2008)