व्यावसायिक बाख्रापालन किन?
रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका (Posted
on कृषि पत्रिका 2013 March 30
१.१ व्यावसायिक बाख्रापालनको आवश्यकता
नेपालका अधिकांश परिवारहरूको जीविकोपार्जनको आधार नै कृषि भएकोले कृषकहरू खेतीपातीसँगै पशुपालन पनि गर्दैआएका छन् । ग्रामीण क्षेत्रमा पारिवारिक आयआर्जनको प्रमुख स्रोतको रूपमा पशुपालनलाई मानिन्छ । पशुपालन व्यवसायले देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण स्थान ओगटेको छ । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान करिब ३६ प्रथितशत रहेको छ जसमध्ये पशुपालन (गाईभैंसी, भेडाबाख्रा, कुखुरा, माछा आदि)को योगदान २८ प्रतिशत रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा पशुपालनको कुल योगदान मध्ये बाख्रापालनको योगदान करिब १२ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा कुल परिवार सङ्ख्या ५६,५९,९८४ मध्ये करिब २८ लाख कृषक परिवारले खसीबाख्रा पाल्ने गरेकाछन् । तर औसत कृषकहरूले आर्जोगर्जो टार्ने उद्देश्यले दुईचार वटामा बाख्रा पाल्ने गरेका छन् । नेपालमा एक बाख्रा पालक कृषकले सरदर ३.२ वटा खसीबाख्रा पाल्ने गरेकाछन् । यी बाख्रा पालकहरू मध्ये केवल १० प्रतिशतले मात्र दसवटाभन्दा बढी खसीबाख्रा पाल्ने गरेको अनुमान छ ।
नेपालमा मुख्यतः पशुजन्य पदार्थहरूको स्रोतहरूमा गाई, भैंसी, बाख्रा, भेडा, सुँगुर, कुखुरा आदि हुन् । दूधको प्रमुख स्रोत गाई र भैंसी हुन भनें मासुको स्रोतहरूमा भैंसी, बाख्रा, भेडा, सुँगुर, कुखुरा आदि पर्दछन् । आर्थिकरूपमा देश सबल हुँदै जाँदा, मानिसहरूको आयआर्जनमा वृद्धिहुँदै जान्छ र दैनिक खानपान तथा भोजनका परिकारहरू पनि केही परिवत्र्तन हुन्छन् अनि खानामा पशुजन्य पदार्थको मात्रा पनि बढ्दै जान्छ । दुग्धजन्य पदार्थभन्दा मासुजन्य पदार्थको उत्पादन केही कम तथा अप्राप्यभएकोले मासुजन्य पदार्थ केही मँहगो पनि हुन्छ । धेरै जसो नेपाली परिवारहरू माशांहारी छन् । धार्मिक तथा जातीय आधारमा राँगा, सुँगुर, कुखुराको मासु केही समुदाय विशेषले त्यति रूचाएको पाइन्न तर मांसाहार गर्नेहरू मध्ये खसीको मासु सबै धर्म, जात, समुदायका मानिसहरूले रूचाएर खाने गरेकाछन् । कतिपय समुदायमा सांस्कृतिक तथा धार्मिक अनुष्ठान सम्पन्न गर्न बलीका लागि पशु र भोजका लागि मासु नभई हुन्न ।
नेपालमा चाहिने मासुको माग पुरा गर्न ठूलो परिणाममा जीवित पशुहरू विशेषतः भारत र तिव्वतबाट आयात गरिन्छ । एक अध्ययन अनुसार वार्षिक करिब ५० अर्ब रुपैयाँका मासुको कारोबार हुन्छ । जसमा २० प्रतिशत भन्दा बढी खसीको मासुले ओगटेको छ । आ.व. २०६६÷६७ मा नेपालमा रु ५३ करोड ३३ लाख बराबरको मासु आयात भएको थियो । खसीको माग पूरा गर्न भारतबाट वर्षेनी करिब ५ लाख जीवित खसीहरू भित्राइन्छन् र विशेषतः दशैंको अवसरमा ठूलो परिणाम च्याङ्ग्राहरू तिव्वतबाट पनि आयात गरिन्छ । आर्थिक वर्ष २०६६÷६७ मा नेपालमा भारतबाट ४७६,६०० गोटा खसी र तिब्वतबाट ९,७०० भेडा आयात भएको थियो र सोही वर्ष रु ५३ करोड ३३ लाख बराबरको मासु आयात भएको देखिन्छ । हालै हिफर नेपालले गरेको अध्ययनबाट नेपालमा वर्षेनी करिब ६ लाख खसीको अभाव रहेको छ र यो सङ्ख्या वर्षेनी बढदै गइरहेको छ । यसरी आफ्नै देशमा व्यावसायिक बाख्रापालनको विकास गरेर आयात प्रतिस्थापन र रोजगारी सृजना गर्ने प्रशस्त औसर उपलब्ध छन् ।
१.२ नाफामूलक व्यवसायको रूपमा बाख्रापालन
नेपालमा पालतु पशुहरू मध्ये बाख्रा सबै भन्दा लोकप्रिय जन्तु हो । गाईभैंसी, बङ्गुर, कुखुरा आदिको दाँजोमा लगानीको प्रतिफल बढी हुने भएकोले अन्य पशुपक्षीको दाँजोमा बाख्रापालन व्यवसाय बढी फायदामन्द हुन्छ । हिफर नेपालले गरेको अध्ययन अनुसार नेपालमा प्रति किलो मासु उत्पादन लागत रु १५० देखि २९३ पर्दछ । जबकि हालको बजार मूल्य रु ६०० देखि ७०० प्रति किलो रहेको छ । यसरी खसीबाख्रा पालन गर्ने व्यवसाय निकै नाफामूखि व्यवसाय हो ।
सानो ठाउँमा पनि बाख्रा पाल्न सकिने, चाहिएको बेला तुरन्त बेचेर नगदी पाउन सकिने भएको हुँदा प्रायः ग्रामीण कृषक परिवारहरूले बाख्रा पालन गरेको पाइन्छ । बाख्रा बहुपयोगी पशु हो, यसबाट मासु, दूध, पश्मिना, छाला उपलब्ध हुनुका साथै खेतीको लागि बड्कौला र मूत्र पनि पाइन्छ । हिमाली भेगमा च्याङ्ग्राहरू मालसामान ढुवानी गर्न पनि उपयोग गरिन्छन् । परापूर्वकालदेखि नै देवी देउताहरूमा बोकाको बली दिने प्रथा चलिआएको हुनाले बाख्रा पाल्ने चलन निकै पुरानो हो ।
नेपालमा बाख्राहरू साना किसानहरूले थोरै सङ्ख्यामा तथा पहाडमा घुम्तीगोठ प्रणाली अन्तरगत ठूलो बथानमा बढी सङ्ख्यामा बाख्रा च्याङ्ग्रा पाल्ने गरिन्छ । नेपालमा बाख्राको दूध उत्पादनले नगन्य स्थान लिएको छ । बाख्राको दूध प्रायः खाइन्न तर पनि घुम्तीगोठमा बाख्राको दूधबाट दहिमही बनाउने चलन छ । नेपालमा मासुकोलागि खसी बोका काट्दा छाला काट्ने चलन छैन । त्यसर्थ बाख्राको सङ्ख्याको अनुपातमा बाख्राको छाला उत्पादन अति कम रहेको छ । बाख्रापालन व्यवसाय हाल दिनानुदिन लोकप्रिय हुँदै गएको हुँदा निम्नस्तरमा किसानहरूको जीवनस्तर उकास्न बाख्रापालन व्यवसायमा अझ बढी जोड दिनु परेको छ । हाल शिक्षित तथा युवावर्गले व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय फस्टाइ रहेको छ । व्यावसायिक बाख्रापालनबाट निम्न फाइदाहरू हुन्छन्ः
ड्ड बाख्रापालन व्यवसाय थोरै पूँजीबाट पनि शुरू गरी छोटा समयमै आम्दानी दिनेगर्छ । बाख्रा चाँडो वयस्क हुने, वर्षमा दुई पटकसम्म ब्याउने र एकपटकमा २–३ वटासम्म बच्चा जन्माउने हुँदा यिनीहरू आर्थिक रूपमा निकै लाभदायक हुन्छन् ।
ड्ड गाउँ–शहर, सुगम–दूर्गम सबै ठाउँमा बाख्रापालन र बाख्राजन्य पदार्थको विक्री गर्न सकिन्छ । जीवित पशुको रूपमा खसीबोका बिक्री गरिने हुँदा बजारबाट टाठा तथा दुर्गम क्षेत्रमा पनि सफलतापूर्वक बाख्रा उत्पादन व्यवसाय गर्न सकिन्छ ।
ड्ड सानो आकारको शरीर र सुधो जनावर भएकोले ठूलो लगानीमा गोठघर बनाउनु पर्दैन घरको बरन्डा, पिँढी, दलान आदिमा बाँधेर पनि बाख्रापालन गर्न सकिन्छ ।
ड्ड मुख्य खाद्यान्यबाली नहुने रुखो, काम नलाग्ने, पोथ्य्रान, झाडीबुट्यान भएको जग्गामा बाख्रापालन सफलतापूर्वक गर्न सकिन्छ ।
ड्ड भान्साको जुठोपिठो र स्याउलाको भरमा बधुँवा प्रणालीमा पनि बाख्रापालन गर्न सकिन्छ ।
ड्ड खसीको मासु सबैले उत्तिकै महत्वका साथ खाने गर्छन्, कुनै जातीय वा धार्मिक बन्देज पाइन्न । बाख्राको दूध पनि सुपाच्य हुनुका साथै कुनै पनि किसिमका प्रतिकूल प्रतिक्रिया रहित हुन्छ ।
ड्ड खसी बोकाको मासुमा हानीकारक कोलेस्ट्रल कममात्रामा पाइन्छ । खसीको मासुको माग तथा बजार व्यवस्था अति राम्रो भएकोले बिक्रीको लागि बजारको समस्या रहेको पाइन्न ।
ड्ड अन्य पशुजन्य व्यवसयको दाँजोमा बाख्राबाट वर्षैभरि आम्दानी लिन सकिन्छ र भाले तथा पोथीको मूल्य पनि करिब करिब उस्तै हुन्छ ।
ड्ड ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्न तथा मासु, दूध तथा जीवित पशुमा आधारित वाख्रापालन लाई एक उद्योगकोरूपमा सञ्चालन गर्न सकिन्छ ।
ड्ड बाख्राहरूले रेसादार तथा रुखो घाँसपात मनपराउने हुँदा अष्टे«लिया, न्युजिल्यान्ड आदि देशहरूमा घाँसखेतका झारपात तथा पोथ््य्रानहरू नियन्त्रणमा पनि उपयोगी सावित भएको छ ।
१.३ बाख्रापालक व्यवसाय शुरु गर्नु अगावैका पूर्वाधारहरू
बाख्रापालन व्यवसायबाट लाभ लिनका लागि व्यवसाय सञ्चालन गर्नु अघि एक सफल व्यवसायीले निम्न बुँदाहरूमा गम्भिरतापूर्वक मनन, चिन्तन गर्नुपर्छः
ड्ड बाख्रापालन व्यवसाय पूर्णकालिन व्यवसाय हो, बाख्रहाहरूसँग जति धेरै समय बिताउन सक्यो, रेखदेख गर्न सक्यो उति असल । यो व्यवसाय अरूको देखासिखी गरेर लहैलहैमा गर्नुहुन्न । बाख्रापाल्न शुरु गरिसकेपछि वर्षा, जाडो, गर्मी, हुरीवतास, अल्छि लाग्यो, फुर्सद मिलेन भन्न पाइन्न । कम्तिमा पनि दिनको दुईपटक आफैले बाख्राहरूको रेखदेख गर्नुपर्छ, अरूको भरमा मात्र छाड्नु हुन्न । सञ्चालकले सकेसम्म बढी समय बाख्रा तथा ज्यामीहरूसँग बिताएर रेखदेख, नीरिक्षणका साथै अन्तरक्रिया गरेर बाख्रा तथा कर्मचारीहरूसँग आत्मिय सम्बन्ध राख्न सक्नुपर्छ ।
ड्ड बाख्रापालन व्यवसाय शुरु गर्नु भन्दा अगाडि बाख्रासम्बन्धी प्राविधिक तथा व्यवस्थापनसम्बन्धी तालिम लिनु उपयोगी हुन्छ । यसका साथै सम्बन्धित सरकारी तथा नीजि निकायहरू÷बाख्रा फार्म÷स्रोतकेन्द्र तथा हाटबजारहरूको अवलोकल गरी बाख्रापालन सम्बन्धी आवश्यक ज्ञान तथा जानकारी लिनुपर्छ ।
ड्ड व्यवसाय शुरु गर्नु अघि एक विस्तृत योजना बनाउनुपर्छ जसमा विस्तारमा व्यवसायको लक्ष, उद्देश्य, कार्यक्रम÷भावी योजनाहरू, आर्थिक विश्लेषण÷आय–व्ययको योजना, आवश्यक जग्गा (गोठघर, भौतिक संरचना, मेसिन औजार घाँसखेती, चरन आदि), पुँजी (नगद तथा ऋण), बाख्राको स्रोत केन्द्र, बजार, स्वास्थ्य सेवा आदिको प्रारुप योजनावद्ध रूपमा तयार गर्नुपर्छ र निर्धारित लक्ष तथा उद्देश्य समयमा पुरागर्न सक्षम हुनुपर्छ ।
ड्ड सफल व्यवसायीमा व्यवस्थापकीय गुण हुनुका साथै सचेत, जागरुक, आत्मवल भएको लगनशील, शिप, जाँगर र महत्वाकांक्षी हुनुपर्छ । व्यवसायी समस्या आईपरेका नआत्तिने, आउनसक्ने सम्भाव्य समस्याको विश्लेषण तथा सो को निदान गर्न सक्षम हुनुपर्छ । उपलब्ध स्रोत, साधन, नीति नियमसम्बन्धी जानकारी हुनुका साथै उपलब्ध औसरको पूर्ण सदुपयोग गर्न सक्षम हुनुपर्छ ।
ड्ड ग्राहक तथा उपभोक्ताको माग अनुसार उच्चगुणस्तर तथा मौलिक उत्पादन उपलब्ध गराउन सक्ने सक्षम व्यवसायर व्यवसायीले छिट्टै प्रगति गर्न सक्छन् ।
ड्ड सबै व्यवसायमा केही न केही जोखिम हुन्छ नै । बाख्रा अझ जीवित प्राणी भएकोले यो व्यवसाय अझ जोखिमपूर्ण छ । तर जोखिम न लिई फायदा पनि लिन सकिन्न ।
१.४ बाख्रापालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?ः
बाख्रापालन व्यवसाय विशेषत गरी खसीबोका उत्पादनका लागि मात्र हुने गरेएतापनि व्यावसायिक रूपमा बाख्रापालन गर्दा एक निश्चित बाख्राजन्य उत्पादनलाई विशेष रूपमा अपनाउन सकिन्छ । जस्तै खसी उत्पादन, बोका उत्पादन, दूध उत्पादन, पश्मिना आदि ।
ड्ड खसी उत्पादनः खसी बनाएर मासुका लागि जीवितै खसी बिक्री गर्नका लागि नेपालका सबै ठाउँ उपयुक्त छन् । सानो आकारमा स्थानीय बजारको माग आपूत्र्तिका लागि बाख्रापालन व्यवसाय गाउँघर मै गर्न सकिन्छ तर ठूलो अनुपातमा व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दा शहर बजारमा सजिलै आपूत्र्ति गर्न सकिने, यातायातको सुविधा, चरन आदिको व्यवस्थाभएको ठाउँको छनौट गर्नुपर्छ । मासु उत्पादनका लागि खसीलाई एक डेढ वर्षसम्म पलिन्छ । प्राय सबै उपलब्ध जातका बाख्राहरू खसी बनाउन उपयुक्त भएतापनि जमुनापारी, बोअर, बारबेरी, तराई–बाख्रा, खरी आदि बाख्रा पालेर वढी फायदा लिन सकिन्छ ।
ड्ड बोका उत्पादनः नेपालमा प्रायः धार्मिक कार्य सम्पन्न गर्न पशुहरूको बलि दिइन्छ । त्यसमा पनि बोकाको बलि निकै प्रचलित छ । त्यस्तै दशैकोअवसरमा पनि सप्तमीको दिन बोका काट्ने चलन छ । शक्तिपिठ नजिकै जहाँ धार्मिक आस्था भएका मानिसहरू बोकाको बलि दिन्छन् त्यस्तो ठाउँ वरपर बलिको लागि बोकापालन व्यवसाय राम्ररी फस्टाउन सक्छ । उदाहरणका लागि गोरखाको मनकामना र काठमाडौंको दक्षिणकालीको मन्दिरमा दिनहुँ ठूलो सङ्ख्यामा बोकाको बलि दिइन्छ । यसरी बलि दिनका लागि कालो रङ्गको ६–९ महिना उमेरका बोकाहरू बढी उपयुक्त हुन्छन् । बलिकै लागि कालो रङ्गको बोका उत्पादन गर्ने लक्ष राखेर पनि बाख्रापालन व्यवसाय शुरु गर्न सकिन्छ । बोका उत्पादनका लागि स्थानीय जातका, एक पटकमा धेरै पाठापाठी ब्याउने, सानो जीउडालको खरी, बङ्गाल जातका बाख्रा बढी उपयुक्त हुन्छन् ।
ड्ड दूध उत्पादनका लागि बाख्रापालनः बाख्राको दूध, दही, आइसक्रिम तथा अन्य परिकार उत्पादन गर्ने उद्देश्यले पनि बाख्रा पाल्न सकिन्छ । विदेशमा दूध दिने जातका बाख्रा पालेर बाख्रोको दूधबाट चिज बनाइन्छ । नेपालमा बाख्राको दूधबाट चिज बनाउने व्यवसाय हालसालै चित्लाङ, मकवानपुरमा शुरु गरिएको छ । यस्तो चिज उत्पादनको व्यवसाय देशका अन्य भाग विशेषतः पर्यटकहरूको चाप बढी भएका जिल्लाहरूमा सफलतापूर्वक गर्न सकिन्छ । दूध उत्पादनका लागि सानन, नुवियन आदि जातका बाख्रा उपयुक्त मानिन्छन् ।
ड्ड पश्मिना उत्पादनः नेपालमा पश्मिनाका कपडा बनाएर ठूलो परिणाममा निकासी गरिन्छ । पश्मिनाका कपडाहरू धेरै महँगा हुन्छन् । तर यस्ता पश्मिनाको कपडा बनाउन चाहिने पश्मिना रौंको ९५ प्रतिशत हिस्सा विदेशबाट आयात गरिन्छ । पश्मिना तथा मोहेअर उत्पादनका लागि हिमाली क्षेत्रमा अङ्गोरो, कश्मिर आदि जातको बाख्रा उपयुक्त हुन्छन् । पश्मिना जाताका बाख्रापालन उद्योग सञ्चालन गरेर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
ड्ड ढुवानीको साधनः यातायात नपुगेका दूर्गम हिमाली क्षेत्रहरूमा हालसम्म पनि बाख्राबाट मालसामानहरूको ढुवानी गरिन्छ । सिन्हाल, च्याङ्ग्रा ढुवानी प्रयोजनका लागि उपयुक्त मानिन्छन् ।
ड्ड प्रजनन सेवाः गाउँघरमा थोरै बाख्रा पाल्ने कृषकहरूले आआफ्ना बाख्राका लागि प्रजननको बोका पाल्नु आर्थिक रूपमा उपयुक्त हुन्न । सानो सङ्ख्यामा धेरै परिवारले बाख्रा पालन गरेको गाउँबस्तीहरूमा प्रजननका लागि उन्नत जातका बोकाहरू व्यवसायको रूपमा पालन गर्न सकिन्छ । बोका लगाए बापत केही शुल्क लिएर बोकापालन व्यवसाय सञ्चालन गर्न सकिन्छ । प्रजननका लागि बोका पालदा उन्नत जातका बोकाहरू पाल्नुपर्छ ।